हुण्डी कारोबार :

स्रोत नखुलेको १३ लाख सहित पटेल पक्राउ

मंगलबार, वैशाख २५, २०८१

वीरगंज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले वीरगंजबाट एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने वर्ष २८ को रवि कुमार पटेल रहेका छन।

प्रहरीले उनको साथबाट स्रोत खुलाउन नसकेको १३ लाख २५ हजार रूपैया बरामद गरेको छ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको  संयुक्त प्रहरी टोलीले  वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकचोक स्थित सडकखण्डमा वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेका पटेलले चलाएको प्रदेश २-०३ -०१० प ६७१९ नम्बरको मोटरसाईकल रोकी चेकजाच गर्दा पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको १३ लाख १५ हजार रूपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

प्रहरीले नेपाली रु १ हजार दरको नोट थान ८८९, नेपाली रु ५ सय दरको नोट ८५० थान गरी जम्मा रु १३ लाख १५ हजार रहेको र बिभिन्न बैंकको ७ वटा खाली चेकहरु सहित पटेललाई नियन्त्रणमा लिईएको डीएसपी थापाले जानकारी दिए।

पटेल विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाले बताए।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय