सुरक्षा तथा अपराध :

लागुऔषध र हतियारसहित भाग्दै गरेका बब्लुपासवान प्रहरीद्वारा गाेली प्रहार गरी पक्राउ

सोमबार, वैशाख १७, २०८१

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले गोठाटारस्थित मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्याको मुख्य आरोपीलाई पक्राउ गरेको छ ।

लागुऔषध र हतियारसहित भाग्दै गरेको अवस्थामा पर्सा प्रहरीले बब्लुपासवान भन्ने गणेश कुमारलाई गाेली प्रहार गरी नियन्त्रणमा लिएको हो । 

वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर अगाडी सडकखण्डबाट एकथान पेस्तोलसहित लागुऔषध खैरो हिरोईनजस्तो देखीने ४९ ग्राम र ८ सय ८० ग्राम गाजासहित प्रहरीलाई उनलाई पक्राउ गरेको हो ।

उनको निगरानी गरिरहेको प्रहरीको सुइँको पाएपछि भारततर्फ भाग्ने क्रममा प्रहरीले उनलाई गोली प्रहार गरि नियन्त्रणमा लिएको हो । 

वि आर ०५ एएल ६१३९ नम्बरको भारतीय मोटरसाइकलमा सवार भई भुटनदेवी मन्दिर हुँदै जाँदै गरेको अवस्थामा चेकजाँच गर्न खोज्दा उनी भागेपछि दुई राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताए ।

घाइते भएका पासवानलाई नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको पर्सा प्रहरीले जनाएको छ । 

गत २०७९ साल असोजमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट चलाउँदै आएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो ।

हत्याका मुख्य योजनाकार रहेका पासवानले मोहम्मदको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली प्रहार गरी हत्या गरेका थिए  ।  उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय