समसामयिक :

गुणस्तरिय शिक्षाको विकासमा वडाअध्यक्ष यादव, नया भर्नासंगै विद्यार्थीलाई स्टेशनरी वितरण

आइतबार, वैशाख १६, २०८१

पर्सा  । वीरगंज महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष मनोज कुमार यादवले गुणस्तरिय शिक्षाको विकास गर्न नियमित रूपमा सक्रिय भएर लागेका छन।

National medical suchna

नया विधार्थी भर्ना अभियानलाई तदारूक्ताका साथ लागि परेर वडामै रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई नया भर्नासंगै स्टेशनरी वितरण गरिएको छ ।

विधालय प्रांगण मै आयोजित कार्यक्रममा वडा अध्यक्ष यादवले स्टेशनरीसंगै टि सर्ट समेत वितरण गरेका छन ।

वडा कार्यालयको विनियोजित बजेटबाट कापी,कलम,क्यालेन्डर र टि–सर्ट वितरण गरिएको अध्यक्ष मनोज कुमार यादवले जानकारी दिए।

स्टेशनरी वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष यादवले समाजमा सुधारका लागी शिक्षामा सुधार हुन जरूरी रहेको बताए।

कार्यक्रममा समाजसेवी एवम उधोगपति गणेश लाठ, विधालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुब कुशवाहा,स्वास्थ्य संस्थाका ईन्चार्ज मेवालाल ठाकुर, प्रधानाध्यापक प्रेम लाल राय,वडा सदस्य जङ्ग्बहादुर यादव ,सैदा खातुन,पन्नालाल मन्डल,बुद्धिजीवी बनवारी साह,वडा सचिव नारायण चापागाईं लगाएतको उपस्तिथि रहेको थियो।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय