भन्सार छली :

बिलबिजक भन्दा बढी कपडाहरु लोड रहेको ट्याक्टर र पिकअप प्रहरी नियन्त्रणमा

बिहीबार, वैशाख १३, २०८१

वीरगञ्ज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।  

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थीत अलौ सडकखण्डबाट बिआरजिरो ५ जिए ९०४२ नम्बरको पिकअप र बिआर २२ क्यू ७७२७ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्क्ता एवम सुचना अधिकारी (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

आईसीपी भएर वीरगञ्ज तर्फ आउदै गरेको पिकअप र ट्रयाक्टरलाई प्रज्ञापन भन्दा बढीको माल समान बोकेको विषेश सुचनाको आधारमा हाम्रो टोलीले नियन्त्रणमा लिएको प्रव्क्ता थापाले बताए ।

मालवाहक पिकअप र ट्रयाक्टरबाट ४० लाख ३६ हजार २ सय १ रुपैया बराबरको विभिन्न किसिमका कपडाहरू आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय