१ करोड २० लाखको लागतमा १ वर्ष भित्र निर्माण सम्पन्न गरिने

वीरगञ्जको अलौमा १६ शै्याको अस्पताल शिलान्यास

मंगलबार, साउन २, २०८०

वीरगञ्ज, २ साउन । वीरगञ्ज महानगरपालिकाको वडा १७ अलौँमा १६ शै्याको अस्पताल शिलान्यास गरिएको छ ।

National medical suchna

महानगरका मेयर राजेशमान सिंहको उपस्थितिमा वडाअध्यक्ष सन्जिब बहादुर क्षेत्रीले मंगलबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गर्नुभएको हो ।

महानगरले स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेको भन्दै त्यसै अनुरुप ग्रामिण क्षेत्रमा पर्ने १७ नम्वर वडामा अस्पताल बनाउन लागिएको मेयर सिंहले बताउनुभयो ।

ग्रामिण वडामा यसै आर्थिक वर्षदेखि विशेषज्ञ सेवा दिन सुरु गरिने भन्दै उहाँले त्यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना अन्तिम चरणमा पुगेको बताउनुभयो । 

वडा नम्वर १७ मा सामान्य सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकी रहेकोमा यसै वर्ष भित्र निर्माण सम्पन्न हुने गरि अस्पताल बनाउने काम सुरु गरिएको हो । 

१ करोड २० लाख रुपैयाँमा १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । अस्पतालमा विशेषज्ञ चिकित्सक, नर्स सहितको सुविधासम्पन्न सेवा उपलब्ध हुने छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय