धर्मकर्म :

सखुवाप्रसौनीमा श्रीसप्तचण्डी महायज्ञको कलश यात्रा भव्य रुपमा निकालियो

बिहीबार, वैशाख १३, २०८१

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नं ६ एकडेर्वामा हुन गईरहेको श्रीसप्तचण्डी महायज्ञको कलश यात्रा भव्य रुपमा निकालीएको छ।

National medical suchna

महायज्ञ स्थलबाट बाजागाजा सहित निकालिएको कलश यात्रा गाउँको परिक्रमा गरी पुन महायज्ञ स्थलमा पुगेको थियो ।

कलश यात्रामा ७ सय ५१ कन्याहरु कलश बोकर  महूवन ,बलुवा ,हुदै लखनपुर  र सखुवाप्रसौनीको नवरंगिया खोलाबाट जलभरेर महायज्ञ स्थलमा पुगेको थियो। कलश यात्राका क्रममा स्थानीयको उल्लेखनिय सहभागीता रहेको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले जानकारी दिए।

गाउँपालिका संगै देशमा शान्ति स्थापनार्थ महायज्ञको आयोजना गरिएको अध्यक्ष यादवले जनाए । महायज्ञमा नेपाल र भारतका आचार्य ,कथाबाचक , अयोध्या,बृन्दाबनका रामलिला कलकार रहने छन ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय