खेलकूद :

अन्तर बैंक फुटसल प्रतियोगीता : सिद्धार्थ बैंकले उचाल्यो उपाधी

बिहीबार, वैशाख १३, २०८१

वीरगञ्ज । नेपाल राष्ट्र बैंकद्वारा आयोजित अन्तर बैंक फुटसल प्रतियोगीतामा सिद्धार्थ बैंकले एनआईसी एसिया बैंकलाई हराएर उपाधी उचालेको छ ।

नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगीता अन्तर्गत फाइनल खेलमा एनआईसी एसिया बैंकलाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै सिद्धार्थ बैंकले उपाधी उचालेकाहो ।

हाम्रो फुटसल नगवाको खेल मैदानमा सम्पन्न खेलमा सिद्धार्थ बैंकको तर्फबाट फाइनल खेलमा ४ गोल गर्दै सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदिप ताम्राकार म्यान अफ द म्याच घोषित भएका छन । सिद्धार्थ बैंकले लक्ष्मी सनराईज बैंकलाई ट्राई बे्रेकरमा हराउँदै फाइनलमा पुगेको थियो ।

प्रतियोगीतामा विजयी भएका खेलाडीलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगीतामा उत्कृष्ट खेलाडी सिद्धार्थ बैंकका पुष्प दनुवा घोषित भए भने सिद्धार्थ बैंकका उत्कृष्ट किपर प्रज्वल कार्की र प्रदेश प्रमुख ताम्रकार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

गएको बैशाख ९ देखी १२ गतेसम्म भएको उक्त प्रतियोगितामा पर्सा बारा, रौतहट लगायतका १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय