समसामयिक :

दार्चुलालाई भारतको सहयोग जारी रहन्छ : द्वितीय सचिव सोना

बिहीबार, वैशाख १३, २०८१

वीरगन्ज । नेपाललाई भारतले गर्दै आएको सहयोग अन्तर्गत  ४ सय ८९ योजनाहरु सम्पन्न भएका छन ।

National medical suchna

यसतै भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५सय ५१  भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।

यस मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना चलिरहेका छन् । जसमा १० भौतिक विकासका  परियोजना दार्चुलामा मात्रै लागु छन् । 

‘नेपाल–भारत विकास सहकार्य’मा निर्माण सम्पन्न भएको विद्यालय भवनको उदघाटन गरिएको छ ।

दुहुगाउपालिकामा नवनिर्मित जनविकास माध्यमिक विद्यालय भवनको गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय  राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

भारतीय सरकारको आर्थिक सहयोगमा निर्मित उक्त भवनको लागत रु ३ करोड ३७ लाख रहेको जनाइएको छ ।

विद्यालय भवन उदघाटन कार्यक्रममा  राजनीतिक दलका स्थानिय प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका पदाधिकारी , शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

यसै गरी एक कार्यक्रम बिच व्यास गाउपालिकामा  निर्माण हुने विद्यालय भवनको शिलान्यास भएको हो ।

भारतीय सहयोगमा निर्माण हुने सो विद्यालय भवनगको शिलान्यास गाउँपालिकाका अध्यक्ष  मंगल सिंह धामी र काठमान्डौ स्थित भारतीय राजदूतावासका  द्वितीय सचिव  प्रशान्त कुमार सोनाले संयुक्त गर्नुभएको छ ।

व्याँस गाउँपालिका वार्ड नम्बर ६ मा निर्माण हुने उक्त हिमालय माध्यमिक विद्यालयको  भवन २ करोड ८२ लाखको लागतमा निर्माण भारतीय दुतावासले जनाइएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ परियोजना अन्तर्गत निर्माण हुने  दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार लगायतका भौतिक निर्माणका कार्यहरु गरिनेछ ।

भारत  र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव र महत्वकाक्षी सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

कार्यक्रममा बोल्दै भारतीय दुतावासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले दार्चुलका जनताको भौतिक र शैक्षिक विकासका लागी भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन परियोजना भारत र नेपाल बीचको सम्बन्धलाई अझ बलियो विकास साझेदारीको सावित हुने आशा व्यक्त गर्नुभयो । 

यसैगरी  छुटाछुटै दुबै कार्यक्रममा बोल्दै व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारको सहयोग नेपाली जनताको उन्नतिकामा प्रभावकारी सावित हुने बताउदै भारतद्धारा  निरन्तर भइरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो ।

दार्चुलास्थित श्री हिमालय माध्यमिक विद्यालय र श्री जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना आशा व्यक्त गरिएको छ ।

सबका साथ सबका विसका मोदी सरकारको निति अनुसार भारतले  प्रथम छिमेकीलाई प्राथमितमा राख्दै नेपालको विभिन्न क्षेत्रहरुमा सहयोग गर्दैै आएको छ ।

भारत नेपाल बिच प्रगाढरहेको रोटी वेटीको सम्बन्धलाई मध्यनज गर्दै  भारतले नेपाललाई व्यापक र बहुक्षेत्रीय सहकार्य गर्दै आएको छ ।

नेपालमा जारी रहेका विकास निर्माणका परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिकालाई  प्राथमिकताका साथ विशेषगरी शैक्षिक क्षेत्रमा भौतिक पूर्वाधारको विस्तारका गर्दै आएको छ ।

स्थानिय जनचाहना अनुसार नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुराको  प्रतिवद्धता नेपाल स्थित भारतीय दुतावासले सधै व्यक्त गर्दै  आएको छ ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ ।

यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई मात्र उपलब्ध गराइएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय