खेलकूद :

वीरगन्जमा आजदेखि मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप सुरु

सोमबार, वैशाख १०, २०८१

वीरगन्ज। वीरगन्जमा आजदेखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीता सुरु भएको छ ।

नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट मा.वि.को मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा आजदेखि प्रतियोगीता सुरु भएको हो । 

पर्सा जिल्ला बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिपको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले गरेका हुन् । १२ गते बुधवारसम्म चल्ने प्रतियोगीताको उद्घाटन गर्दै एसपी ढुङ्गेलले सहभागीहरुलाई शुभकामना दिएका छन् ।

प्रतियोगीताका चिफ आर्बिटर एवम् नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सदस्य रामकिशोर सिंह परागले प्रतियोगीताको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए ।

प्रतियोगीतामा देशैभरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागीता जनाएका छन् । 

सहभागीलाई विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन भइरहेको चिफ आर्बिटर परागले बताए । 

१० वर्ष मुनिको खेलमा १०  जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् । 

उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय