समसामयिक :

सांसद यादवले प्रधानमन्त्रीसँग मागे वीरगञ्जका लागि विशेष प्याकेज

सोमबार, वैशाख १०, २०८१

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले वीरगञ्जका लागि आगामी पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा आगामी वर्षको बजेटमा नारायणी रङ्गशालाको मर्मत सम्भार र स्तरोन्नति, नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नति, घडीअर्वा पोखरी पार्कको स्तरोन्नति, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।

त्यस्तै यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान (चिडिया खाना)को निर्माणका लागि १० करोड रुपैयाँ तथा वीरगञ्ज–१५ मा डिपिआर बनिसकेको लक्ष्मणवा पार्क निर्माणका लागि ७ करोड रुपैयाँ पनि नयाँ बजेटमा व्यवस्थापन गर्न माग गरेका छन् ।

यसै गरी निर्वाचन क्षेत्र १ मा पर्ने विभिन्न वडामा कालोपत्रे सडक निर्माण, विभिन्न चार वटा खोलामा पुल निर्माण, महानगरका विभिन्न १८ वटा वडामा खाने पानीका लागि डिप बोरिङ जडान, सिर्सिया नदी र भेडाहा खोलामा तटबन्ध निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा समावेश गर्न सांसद यादवले प्रधानमन्त्री प्रचण्डसँग माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले देशकै प्रमुख आर्थिक नागरी वीरगन्जसहित त्यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले जानकारी दिए । विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमै प्रधानमन्त्री प्रचण्डलाई भेटेर सांसद यादवले वीरगञ्जसहित आफ्नो निर्वाचन क्षेत्रका लागि विशेष प्याकेज सङ्घीय सरकारको आगामी बजेटमा समावेश गर्न माग गरेका हुन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सङ्घीय सांसदसमेत रहेका यादवले विकास निर्माण, स्वास्थ्य,शिक्षा, खानेपानी, पर्यटन,कृषि,खेलकुद लगायतका विभिन्न योजना र त्यसमा लाग्ने रकमको सूची नै बनाएर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा आगामी वर्षको बजेटमा नारायणी रङ्गशालाको मर्मत सम्भार र स्तरोन्नति, नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नति, घडीअर्वा पोखरी पार्कको स्तरोन्नति, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।

त्यस्तै यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान (चिडिया खाना)को निर्माणका लागि १० करोड रुपैयाँ तथा वीरगञ्ज–१५ मा डिपिआर बनिसकेको लक्ष्मणवा पार्क निर्माणका लागि ७ करोड रुपैयाँ पनि नयाँ बजेटमा व्यवस्थापन गर्न माग गरेका छन् ।

यसै गरी निर्वाचन क्षेत्र १ मा पर्ने विभिन्न वडामा कालोपत्रे सडक निर्माण, विभिन्न चार वटा खोलामा पुल निर्माण, महानगरका विभिन्न १८ वटा वडामा खाने पानीका लागि डिप बोरिङ जडान, सिर्सिया नदी र भेडाहा खोलामा तटबन्ध निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा समावेश गर्न सांसद यादवले प्रधानमन्त्री प्रचण्डसँग माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले देशकै प्रमुख आर्थिक नागरी वीरगन्जसहित त्यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय