धर्मकर्म :

भोली हनुमान जयन्ती : महावीरस्थान मन्दिरमा महाआरती गरिने

सोमबार, वैशाख १०, २०८१

वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा वीरगञ्जस्थित महावीरस्थान मन्दिरमा विशेष पूजासहित महाआरतीको आयोजना गरिएको छ ।

भोली वैशाख ११ गते अर्थात् हनुमान जयन्तीको अवसरमा वीरगञ्ज – ६ स्थित ऐतिहासिक महावीरस्थान मन्दिरमा विशेष पूजासहितको महाआरती आयोजना गर्न लागिएको हो ।

श्री महावीर मन्दिर समिति, श्री साप्ताहिक सुन्दर काण्ड प्रचार समिति, श्री साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्री श्याम नवयुवक मण्डल, श्री मारवाडी महिला मञ्च र श्री राणी सति ज्योति मण्डलको संयुक्त आयोजनामा मङ्गलवार साँझ ६ बजेदेखि हुने महाआरतीको तयारी तीव्र रूपमा चलिरहेको छ ।

महाआरती पश्चात् साँझ साढे ७ बजेदेखि प्रसाद वितरण कार्यक्रम समेत राखिएको छ । गत वर्ष पनि हनुमान जयन्तीको अवसरमा महावीरस्थान मन्दिर अगाडि महाआरतीको आयोजना गरिएको थियो ।

वीरगञ्जलाई धार्मिक पर्यटकीय स्थल बनाउँदै यहाँका युवाहरूमा सनातन धर्म प्रति आस्था बढाउने उद्देश्यका साथ महाआरतीको कार्यक्रम आयोजना गर्न लागिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।महाआरतीमा बढीभन्दा बढीको सङ्ख्यामा सहभागिता जनाउन प्रमुख सिंहले आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय