समसामयिक :

हुण्डीको रकमसहित पक्राउ परेका माँ जगदम्बा मनि ट्रान्सफरका संचालकसहित २ जना सार्वजनिक

सोमबार, वैशाख १०, २०८१

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी रकमसहित ४ दिन अगाडी पक्राउ परेका २ जनालाई आज सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरापलिका वडा नम्बर ६ रुंगटा कम्पलेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट २ जना पक्राउ परेका हुन् । 

National medical suchna

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मीले पिठ्युमा भिरेको कालो झोला शंकास्पद देखिएपछि चेकजाँच गर्दा स्रोन नखुलेको रकम फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

उनकाअनुसार झोलाबाट १ हजार दरको नोट १ हजार ९५५ थान, ५ सय दरको नोट ५ सय थान र १ सय दरको नोट ७ वटा गरी नेपाली २२ लाख ५ हजार ७ सय रकम फेला परेको हो ।

अर्जुन राउत कुर्मीसहित माँ जगदम्बा मनि ट्रान्सफरका सञ्चालक पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ बस्ने ४३ वर्षीय अजय कुमार साह समेतलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय