महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ

मुख्य नालामाथी बनेको क्लासिक होटलमा पनि चल्यो डोजर

मंगलबार, साउन २, २०८०

वीरगञ्ज, २ साउन । वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि बनेको क्लासिक होटलको भवन हटाउन  डोजर लगाएको छ । 

National medical suchna

होटलको संरचना मुख्य नालामाथी निर्माण हुँदा नाला सफाईमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो । 

नालामाथि बनेको संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेर  नहटाएपछि महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरको टोलीले डोजर लगाएर हटाउन सुरु गरेको हो । 

महानगरले नालामाथि बनेको हरिखेतानको बाँकी संचरना हटाएर क्लासिक होटलको संरचना हटाउन सुरु गरेको हो । नालामाथि बनेको हरिखेतानको संरचना गएको असार २५ गते डोजर लगाएर हटाएको थियो ।

क्याम्पसको केही संरचना अझै पनि बाँकी रहेकाले आज पनि डोजर लगाएर हटाइएको हो । 

क्लासिक होटल नालामाथि नै रहेकाले त्यसलाई हटाउन आजबाट डोजर चलाइएको महानगरका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । 

क्लासिक होटलको सामुन्ने रहेको कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवन हटाउन पनि पहिले नै सूचना दिएको भए पनि अझै सम्म नहटएकाले त्यसलाई पनि डोजर लगाएर हटाइने उनले बताए । 

महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ । 

क्लासिक होटलको उत्तरतर्फ र कर्पोरेट बैंकको दक्षिणतर्फ रहेको मुख्य नाला पूर्ण रुपमा सफाई हुँदा पनि ती दुबै भवन नहट्दा मुख्य नाला सफाईमा अवरोध पुगेको छ । 

यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ । वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ । 

गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् । 

वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगञ्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय