भन्सार छली :

पर्सा प्रहरीद्वारा भन्सार छलीका १७ लाखको सामान बरामद

बुधबार, वैशाख ५, २०८१

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १७ लाख ७२ हजार बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट विभिन्न किसिमका भन्सार छलीका सामग्री बरामद गरेको हो ।  

National medical suchna

चेकजाँचको क्रममा ३१५ पिस कुर्ता सुरवाल, ८०२ पिस टप्स, २ सय मिटर कुर्ताको थान कपडा, ३९० पिस मोबाईल चार्जर, ४८ पिस मोबाईल ब्याट्री, १२० पिस टेम्पर ग्लास, २४ पिस डिस्पले, ८० पिस डाटा केबल, ६३ पिस मोबाईल कभर बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

त्यसैगरी १ हजार ३८८ किलोग्राम प्याज र ८० किलोग्राम मसाला बरामद गरिएको छ । ७ लाख ३२ हजार ७३० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले बताए ।

यस्तै प्रहरीले पर्साको ठोरीबाट १० लाख ४० हजार बराबरको पाडापाडी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले ठोरी गाउँपालिका वडा नम्बर २ स्थित सडकखण्डबाट ना।३ च १०८९ नम्बरको पिकअपबाट ५ गोटा पाडा र पाडी १ गोटा बरामद गरेको डिएसपी थापाले बताए ।

पिकअपसहित पाडा तथा भन्सार छलीका सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय