सहकारी ठगी :

जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई नेपालको पत्राचार

बुधबार, वैशाख ५, २०८१

वीरगञ्ज । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायत देशभर दर्जन भन्दा बढी सहकारी ठगीमा मुछिएका गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ ।

National medical suchna

प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको छ ।

यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो । पोखरास्थित सूर्यदर्शन सहकारीको निक्षेप अपचलन गरेको कसुरमा डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भएका हुन् ।

मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याउन दुई देशका परराष्ट्र मन्त्रीहरूको बिचमा कुराकानी गर्ने र त्यसपछि नेपालबाटै प्रहरी पठाएर ल्याउने गरी तयारी भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ ।

रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय