खेलकूद :

टि १० क्रिकेट लिग :  उदघाटन खेलमा वीरगन्ज महानगरपालिका कार्यालय १२ रनले विजयी

सोमबार, वैशाख ३, २०८१

वीरगन्ज। नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा वीरगन्जमा सोमबार बाट टि - १० क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । 

नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयको आयोजनामा टि - १० क्रिकेट लिग प्रतियोगिता सुरु भएको हो । 

वीरगन्जको आदर्शनगर खेल मैदानमा सुरु भएको उदघाटन खेलमा वीरगन्ज महानगरपालिका कार्यालयले एनवाईएफ वीरगन्जलाई १२ रनले हराएको हो ।  

८९ रनको लक्ष्य पाएको एनवाईएफ वीरगन्जले १० ओभरमा ४ विकेटको क्षतिमा ७६ रन मात्र बनाएपछि वीरगन्ज महानगरपालिकाले १२ रनले जितेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको वीरगन्ज महानगरपालिकाले १० ओभरमा ६ विकेटको क्षतीमा ८८ रन बनाएको थियो । 

आजको खेलको म्यान अफ दि म्याच वीरगन्ज महानगरपालिकाका खेलाडी वडा सदस्य दिपेन्द्र राउत घोषित भए ।

उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा . उदयनारायण सिंह र सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदीप तम्राकरले पुरस्कार वितरण गरेका थिए । 

टि - १० क्रिकेट लिग प्रतियोगिताको उदघाटन नेपाल राष्ट्र बैंक लिमिटेड वीरगन्ज कार्यालयका निर्देशक सरण कुमार अधिकारीले गरेका हुन् । 

भोलिको पहिलो खेलमा वीरगन्ज बैंकर्स ग्रुप र नेपाल राष्ट्र बैंक भिड्ने नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए । 

यस्तै भोलि नै हुने दोस्रो खेलमा नेपाल पत्रकार महासंघ पर्सा र नेपाल मेडिकल एसोसिएसन पर्सा भिड्ने सहायक निर्देशक सरार्फले बताए ।

बैशाख ५ गते सम्म चल्ने प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी हुने उनले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय