धर्मकर्म :

गहवा माईको प्रथम डोलि यात्राको सम्पुर्ण तयारी पुरा, भोली नगर परिक्रमा गराइने

सोमबार, वैशाख ३, २०८१

वीरगञ्ज । बैशाख ४ गते हुन गइरहेको गहवा माईको निशान सहितको प्रथम डोलि यात्राको तयारी पुरा भएको छ ।

National medical suchna

माइस्थान सञ्चालक समितीका अध्यक्ष नरेन्द्र कुमार शाहको अध्यक्षतामा भोली मंगलबार चैत्र नवरात्रको अष्टमी तिथिमा हुन गइरहेको माताको निशान सहितको डोलिलाई अपरान्ह ४ बजे नगर परिक्रमा गराइने छ ।

सो डोलि यात्रा सुरु हुनु अघि दिनको २ बजे देखी २ घन्टा डोलाको पुजाआजा गरि ४ बजे देखि यात्रा सुरु गरी ६ बजे भित्र मन्दिर परिसरमा पुगि समापन गर्ने कार्यक्रम रहेकोेले भोली सम्पूर्ण भक्तजनलाई बढी मात्रामा सहभागी भएर यात्रा सफल गरिदिन अध्यक्ष शाहले आग्रह गरेका छन् ।

डोलि यात्रा मन्दिरबाट सुभारम्भ भएर २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर, अलखिया मठ, महाबिर मन्दिर, घन्टाघर हुँदै श्रीगहवा माई मन्दिर प्राङ्गणमा आई समापन हुने महासचिव बिजय कुमार उपाध्यायले बताए । माताको यस यात्रामा चन्दा नउठाइकन ईच्छुक दाता र भक्तजनको सहयोगमा पहिलो निशान सहितको डोलि यात्रा हुन गइरहेको छ ।

पहिलो पटक निकासलन लागिएको डोली यात्रामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष साहले जानकारी दिए । उनका अनुसार, डोलीको निर्माणमा लागेको खर्च समितिका सह–कोषाध्यक्ष डाक्टर प्रमोद सर्राफले सहयोग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय