लागुऔषध :

बारा प्रहरीद्वारा भारी मात्रामा लागुऔषध सहित एकजना पक्राउ 

आइतबार, वैशाख २, २०८१

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो संख्यामा लागुऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट, मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरीया बस्ने वर्ष २० को अनिल बैठा रहेका छन ।

प्रहरी चौकी पथलैया,बाराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित मौलापुरबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र-०३-००१ ख २७०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बैठाले लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम १०२ पाता २५ सय ५० पिस, नाईट्राभेट ३११ पाता ४६ सय ६५ पिस र नोरफिन ५० पाता १२ सय ५० पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रव्क्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

लागुऔषध टयाबलेट सहित पक्राउ परेका बैठालाई थप आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको प्रव्क्ता न्यौपानेले बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय