धर्मकर्म :

चैती छठ पर्वको आज मुख्य दिन, अस्ताउदो सुर्यलाई अर्घय दिईने

आइतबार, वैशाख २, २०८१

वीरगञ्ज । तराई मधेसमा मनाईने चैती छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । 

National medical suchna

शुक्रबार देखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ। भोली सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुनेछ । 

मधेस प्रदेशका विभिन्न जिल्लाका पोखरीमा चैती छठपर्व गर्न व्रतालुहरूको भिडभाड आज देखिन सकिन्छ । चैती छठका लागि बिशेश वीरगन्जको घडिअर्वा पोखरी, रानिघाट, नगवा र मुर्ली पोखरीलाई सृंगारिएको छ। चैती छठ पर्व मनाउनाले मनोकामना पूरा हुने, चर्म रोग निको हुने, सन्तान प्राप्त हुने र परिवारमा खुसीयालीसँगै प्रशन्नता प्राप्त हुने विश्वास छ ।

कठोर ब्रत गरी मनाइने छठ पर्वको मधेसमा विशेष महत्व छ। मधेसमा छठ पूजा वर्षमा दुइ पल्ट हुन्छ। पहिलो छठपूजा कार्तिक महिनामा हुन्छ भने दोश्रो छठ पूजा चैत्र महिनामा हुन्छ। यस परम्परालाइ शारदीय तथा वासन्तिक छठ पनि भन्ने गरिन्छ।  

चैत महिनाको शुक्ल चुतुर्थी तिथीबाट छठ पूजाको ब्रतारम्भ हुन्छ। पहिलो दिन नुहाएर खाने बिधी हुन्छ जसलाइ भोजपुरी भाषामा ‘नहाए खाए के दिन’ भन्छन।यस दिन ब्रतालूले बिहानै नित्य कर्म गरि नुहाएर पवित्र भइ शुद्ध सात्विक भोजन ग्रहण गर्ने गर्दछन।

भोजनमा लसुन, प्याज,वर्जित हुन्छ। भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य हुन्छ भने दाल रहर वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य हुने गरेको छ।

कार्तिक महिनाको छठ झै चैत मासमा मनाइने छठ पर्वको पनि विधान रहेको छ। दुवै छठ शुक्ल पक्षको चतुर्थी तिथि देखी नै सुरु हुन्छ।

चतुर्थी तिथिमा नुहाइ खाइ पञ्चमीको दिन दिउंसो भरि निराहार बसेर बेलुका पख नव निर्मित माटाको चोखो चुल्होमा आपको काठको दाउरा बालेर चाखो चामलमा गुड सख्खर हाली ‘रसियाव’ तथा चोखो पारिएको गहुंको पिठोको रोटी पकाइन्छ। 

यस प्रकारले तयार पारिएको रसियाव रोटीलाइ अक्षता, सिन्दूरले पूजा गरि, ब्रतालू स्वयंले पनि नाक देखि पूर्ण सिउंदो भरि सिन्दूर लगाएर अग्नी तथा गाई लाइ अग्रासन दिइ ग्रहण गर्दछन। परिवारका सदस्य पनि प्रसादका रुपमा खाने गर्छन।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय