एसीसी इमर्जिङ टिम्स एसिया कप

नेपाल भारत ए सँग ९ विकेटले पराजित

सोमबार, साउन १, २०८०

वीरगञ्ज, १ साउन। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ ।

National medical suchna

कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य भारतले २९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

भारतलाई जिताउन अभिषेश शर्माले ८७ रन बनाए । साइ सुदर्शन ५८ र ध्रुव जुरेल २१ रनमा नट आउट रहे ।

यसअघि कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।

कमजोर सुरुवात गरेको नेपालको इनिङ्स कप्तान रोहित र गुल्सनसँगै सोमपाल कामीले सम्हालेका थिए । रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सनले ३८ रन योगदान गरे । १० ओभरत्रिभै ५ विकेट गुमाउँदा जम्मा ३७ रन मात्र बनाएको अवस्थामा कप्तान रोहितले दुई अर्धशतकीय साझेदारी गरे ।

रोहित र सोमपाल कामीले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । अघिल्लो खेलमा पाकिस्तानए विरुद्ध अर्धशतक बनाएका सोमपालले १४ रन बनाएर आउट भए ।

त्यसपछि रोहित र गुल्सनले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । तर रोहित र गुल्सन लगातार आउट भएपछि नेपालको रन गतिमा ब्रेक लाग्यो । दुवैलाई भारत ए का निशान्त सिन्धुले आउट गरे ।

कप्तान रोहितले ८५ बलमा ७ चौका प्रहार गर्दै ६५ रन बनाए र ३३औं ओभरमा आउट भए । उनलाई निशान्तले विकेटकिपर ध्रुव जुरेलबाट क्याचआउट गराए ।

निशान्तले नै गुल्सनलाई ३६औं ओभरमा जुरेलबाटै क्याचआउट गराए । आक्रमक ब्याटिङ गरेका गुल्सनले ३० बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३८ रन बनाए । नेपालको इनिङ्समा गुल्सनले मात्रै छक्का प्रहार गरेका थिए ।

दोस्रो बलमै ओपनर कुशल भुर्तेल खाता नखोली आउट भएपछि दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रायस गरेका थिए ।

तर आसिफ छैटौं ओभरमा व्यक्तिगत ७ रनमा आउट भएपछि नेपालले लगातार चार विकेट गुमायो । देव १५, भीम सार्की ४ रनमा बउट भए भने कुशल मल्लले खाता खोल्न सकेनन् ।

भारत ए का हर्सित राना र राजवर्दन हाङगारगेकरले नेपालको शीर्ष र मध्य क्रमलाई ध्वस्त पारेका थिए ।

पवन सर्राफ ६ रन र ललित राजवंशी ३ रनमा आउट भए । भारत ए का लागि निशान्त सिन्धुले ४, राजवर्धन हाङ्गरगेकरले ३ तथा तथा हर्सित रानाले २ विकेट लिए । मानव सुथारले १ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय