समसामयिक :

आज एकैदिन २४ सयले बढ्यो सुनको भाउ, हालसम्मकै महँगो मूल्यमा किनबेच हुदै

शुक्रबार, चैत ३०, २०८०

वीरगञ्ज । आज शुक्रवार सुनचाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

National medical suchna

त्यस्तै आज तेजाबी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता, चाँदीको ५० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय