चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी

व्यापारको नाममा गलत गर्नेहरुलाई सुध्रिन् गृहमन्त्री रवि लामीछानेको आग्रह 

बिहीबार, चैत २९, २०८०

वीरगञ्ज ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यपार व्यसायमा राम्रो काम गर्ने उद्योगी व्यवसायीहरुको साथमा गृह प्रशासन रहेको र गलत गर्नेहरुलाई कारवाही गरीने बताएका छन । 

National medical suchna

वीरगन्जमा गृह मन्त्रालय र अर्थ मन्त्रालयद्रारा भएको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा उनले उद्योगी व्यवसायीहरुले एउटा समाग्रीको बिल राखेर अर्को समान पठाउनेलाई गम्भीर रुपमा लिएको बताएका हुन । अहिले बिल बिजकमा जुन समस्या देखिएको छ त्यसलाई पुर्ण रुपमा नियन्त्रण गर्ने गरी कदम चाल्ने उनको भनाई छ । 

व्यपारको नाममा बिल नबनाउने , गलत बिल बनाउने , एउटा बिलमा अर्को समाग्राी हाल्नेलाई नियन्त्रणमा लिने र कारवाही गरीने उनको भनाई छ । साथै मन्त्री लामिछानेले देशमा अहिले राजस्व संकलनमा देखिएको चुनौतीहरुलाई सामना गर्नका निमित नितिगत रुपमा सरकारले चाल्नु पर्ने कदमको सन्दर्भमा गहिरो ढंगले छलफल गरीरहेको उनले बताए । 

उद्यारोको कानुनको सन्दर्भमा बाहिरका उद्योगी व्यवसायीहरु यहाँ व्यवसायको वातारणका निम्ती रातो कार्पेट हाल्ने गरिएकाले हाम्रो देशका व्यवपारीहरुलाई बचाउन मख्मलको कार्पेट बिछयाउनेमा उनले जोड दिए । 

गृह प्रशासनको सन्दर्भमा सहि बातावरणमा गलत कानुनहरुलाई संशोधन गर्दै नयाँ कानुनहरुको तर्जुमा लिनु पर्ने राजस्व लिने र व्यपारीहरुले कर तिर्ने बेलामा जुन दुख पाएको छन त्यसलाई समाधान गरीने उनको भनाई छ । 

अहिले व्यपारीहरुले ठाँउ ठाँउमा चेकजाँचको नाममा समाजिक प्रतिष्ठा मै आच पुग्ने कार्यमा प्रहरी घरमा पुग्ने अवस्था आएकाले त्यसलाई मुक्त गर्न तर्फ अगाडी बढ्ने बताए । अब देशमा कानुनी शासन बिधिको शासन स्थापना गर्ने बाटोमा लाग्नु पर्ने भएकाले यो कार्यक्रमको आयोजना गरीएको मन्त्री लामिछानेले बताए । 

यहाँ कुन कुन क्षेत्रमा के कारणले समस्या रहेछ त्यसबारेमा नितिगत र व्यवहारिक रुपमा आफुलाई जानकारी रहेको गृहमन्त्री लामिछानेले बताए । उनले पछिल्लो समयमा परेको समस्याको बारेमा राजनितिक फेभर नै मुख्य कारण भएकाले समस्याको बारेमा आफुले राम्रो संग बुझेको जिकिर गरे । 

गृहमन्त्री लामिछानेले वीरगन्जमा स्वच्छ रुपमा व्यापार , व्यवसाय गरेर देशको आर्थिक बिकाशमा सेवा पुरर्याउन सकिनेहरु त्रसित भएको बताए । अहिलेको राजनितिक समस्याले देशमा नितिगत र व्यवहारीक रुपमा कहाँ कहाँ समस्या रहेछ त्यसलाई समाधान गर्न सकिने बताए । 

राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणको बारेमा यसको समस्या बुझेर समाधान गर्न सकिने गरी अगाडी बढ्ने उनले बताए । मन्त्री लामिछानेले गलत भईरहेको ठाँउको बारेमा बुझेर अगाडी बढ्दै देशको आर्थिक बिकाशमा काम गर्न अगाडी बढ्ने बताए । 

कार्यक्रममा अर्थ सचिव कृष्णहरी पुष्कर , गृह मन्त्रालयका सहसचिव नारायण भट्टराई र बारा पर्साका सुरक्षा प्रमुख र यसक्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय