कम रकममा ठेक्का सकारे महानगरलाई झन्डै ६ करोड रुपैयाँ घाटा लाग्ने

सवारी करको मिलीजुली टेन्डर ! जनप्रतिनिधिलाई लाखौ फाईदा, महानगरलाई करोडौ घाटा

सोमबार, साउन १, २०८०

वीरगञ्ज,१ साउन । वीरगञ्ज महानगरपालिकाले प्रत्येक वर्ष लगाउने सवारी करको ठेक्का 'काले -काले मिलेर खाउ भाले, पारामा लगाइएको जानकारी प्राप्त भएको छ । 

National medical suchna

वीरगञ्ज महानगरपालिकाको सवारी करको ठेक्का लगाउन आहवान गरिएको टेन्डरमा ठेकेदार, जनप्रतिनिधि र महानगरका कर्मचारीको मिलिभगतमा लगाइएको सम्बद्ध स्रोतले जनाएको छ ।  

ठेकेदारलाई करोडौ फाईदा पुर्याउन जनप्रतिनिधि र कर्मचारीले लाखौ कमिशन लिएको हाम्रो स्रोतले जनाएको छ ।   

ठेक्का हात पार्न ठेकेदारहरूले  एकापसमा सहमति गरी टेन्डरलाई कम दरमा सकार गर्दै लाभदायक रकम आफूमा भागबन्डा गर्ने सहमति अनुरुप मिलिजुली प्रपञ्च रचेको स्रोतले जनायो ।  

ठेकेदारहरूले एक आपसमा सहमति गरेर दुई सयदेखि तिन सय रुपैयाँको फरक दरमा टेन्डर भरेर ९ करोडसम्म जाने टेन्डर ३ करोड हाराहारीमा सकार गर्ने प्रपञ्च रचेको स्रोतले जनायो ।

वीरगञ्ज महानगरपालिकाका केही जनप्रतिनिधिले दश लाख रुपैयाँसम्म कमिसन लिएर मिलेमतोमा भएको ठेक्काको विषयमा चुप्पी साँधेको नाम नबताउने सर्तमा एक ठेकेदारले बताए ।

कम रकममा ठेक्का सकारे महानगरलाई झन्डै ६ करोड रुपैयाँ घाटा लाग्ने देखिएको छ ।

महानगरपालिकालाई करोडौँको नोक्सानी हुने निश्चित भए पनि जनप्रतिनिधिहरूले यस विषयमा केही नबोल्नुले उनीहरूको पनि यसमा संलग्नता रहेको आशंका गर्ने ठाउ देखिन्छ ।

मिलिजुली भएको ठेक्काले महानगरलाई करोडौ घाटा हुने निश्चित देखिएकाले उक्त टेन्डरलाई कार्यपालिका बैठकबाट खारेज गरेर पुनः सूचना निकाली टेन्डर आह्वान गर्नुपर्ने आवश्यकता देखिन्छ  ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय