समसामयिक :

मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखको रिहाईको माग गर्दै कर्मचारीहरुको प्रदर्शन

मंगलबार, चैत २७, २०८०

वीरगन्ज । वीरगन्ज महानगरपालिका– १५ भेडीहारीमा रहेकोे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारीहरुले पक्राउ परेका प्रबन्ध निर्देशक र ल्याब प्रमुखको रिहाईको माग राख्दै प्रदर्शन गरेका छन ।

कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालय पर्साको अगाडी कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी र ल्याब प्रमुख सञ्जय साहलाई रिहाईको माग राख्दै प्रदर्शन गरेका हुन ।

नेशनल मेडिकल कलेजका कर्मचारीहरुले मंगलबार दिउँसो १२ बजेदेखि पक्राउ परेकाहरुको रिहाईको माग राख्दै प्रदर्शन गरेका थिए। प्रर्दशनका क्रममा उनीहरुले पक्राउ परेका एमडी र डाक्टरलाई रिहा गर , हाम्रो माग पुरा गर भन्ने नारा लगाएका थिए ।

मेडिकल कलेजले म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले सोमबार दिउँसो मेडिकल कलेजका प्रबन्ध–निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको थियो । पर्सा प्रहरीले नेशनल मेडिकल कलेजबाट पक्राउ परेकाहरुको माथी अनुसन्धान गरीरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय