नेशनल मेडिकल प्रकरण :

मेडिकल कलेजमा छापा, एमडी सहित दुईजना नियन्त्रणमा लिनु पूर्वाग्रह : अस्पताल प्रशासन

मंगलबार, चैत २७, २०८०

वीरगन्ज । वीरगन्ज महानगरपालिका -१५ भेडीहारीमा रहेकोे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा प्रहरीले छापा मारेर दुई जनालाई नियन्त्रणमा लिएपछी यो कार्य पूर्वाग्रहपुर्ण भएको अस्पतालले जनाएको छ । 

National medical suchna

प्रहरीले मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएपछी अस्पतालले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै रिहाईको माग गरेको हो । 

मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि सोमबार दिउँसो प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  

कलेजका सेन्ट्रल लैब अनुगमन कम्रमा म्याद सकिएका केही रिएजेन्ट र रसायन प्रयोगशालामा डिस्पोजल गर्न वा निष्कासन गर्ने प्रक्रियामा छुट्टै राखिएको अवस्थामा अनुगमनको क्रममा फेला परेको अस्पतालले जनाएको छ । 

साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विभाग (NHPL) र अन्य नियामक निकायहरूको निर्देशन, दिशानिर्देश, प्रक्रिया, कार्यविधि र प्रोटोकलहरूको कडाईका साथ पालन गरेको पनि प्रेस बिज्ञप्तीमा उल्लेख छ । 

यस्तै कुनै पनि प्रयोगशालामा रिएजेन्ट र रसायनहरूको म्याद समाप्त हुनु सामान्य कुरा पनि रहेको अस्पतालले जनाएको हो । 

यो तथ्य निरीक्षण टोलीलाई विधिवत व्याख्या गरिएको भएपनि निरीक्षण टोलीले कलेजको ल्याबमा म्याद नाघेका वस्तु प्रयोग गरेको आरोपमा कलेजका प्रबन्ध निर्देशक र प्रयोगशाला इन्चार्जलाई (डाक्टर) नियन्त्रणमा लिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ । 

साथै यो कार्य अनुपयुक्त, अनुचित, अन्यायपूर्ण र असाधारण भएकोले कुनै पनि सम्भावित घटनाको बहानामा प्रबन्ध निर्देशक र प्रयोगशाला ईन्चार्ज लाई हिरासतमा लिने स्पष्ट नियतका साथ यो द्वेषपूर्ण र पूर्वाग्रहपूर्ण कार्य गरेको महसुस भएको उल्लेख छ ।

यस्तै यस्ता कार्यको आलोचना गर्दै त्यस्ता कार्यहरूलाई ठाडै अस्वीकार गरि कलेजका प्रबन्ध निर्देशक र प्रयोगशाला इन्चार्जलाई तत्काल रिहा गर्न माग गरेको छ ।

received_9640842587428841712639630.jpeg

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय