समसामयिक :

ईद र नयाँ वर्षको अवसरमा काँग्रेस क्षेत्र नम्बर १ द्वारा इफ्तारी तथा शुभकामना कार्यक्रमको आयोजना

आइतबार, चैत २५, २०८०

वीरगञ्ज। मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद र नेपाली नयाँ वर्षको उपलक्ष्यमा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ को आयोजनामा इफतारी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

National medical suchna

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्द गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्जका मुस्लिम धर्मावलम्बीहरुले सामुहिक रुपमा इफ्तारी गरेका थिए ।

congress1712463013.jpg

साथै नेपाली नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमपनि संगै आयोजना गरिएको थियो ।

कार्यक्रममा पूर्व मन्त्री एवं कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी, संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य,पूर्व सांसद अजय द्विवेदी,प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता प्रभु हजरा,

प्रदेश सभा सदस्य श्याम पटेल, एमाले पर्साका अध्यक्ष डा।विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य ,

जसपाका जिल्ला सचिव तबरेज अहमद,जनमत पार्टीका केन्द्रीय सदस्य शशीकपुर मियाँ,पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी,कांग्रेसका महानगर सभापति मणिन्द्रलाल नेपाली लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय