राजनीति :

प्रदिप यादवकाे प्रश्न : हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन ?

बिहीबार, चैत २२, २०८०

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले हुलाकी राजमार्ग निर्माणमा ढिलाइ हुनुकाे कारण माग गरेका छन् । 

National medical suchna

सार्वजनिक लेखा समितिकाे विहीबार बसेकाे बैठकमा बाेल्दै सांसद यादवले साेधे, `हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन, वास्तविक कारण के हाे ? समस्या समाधानका लागि लेखा समितिमा कारण आउनुपर्याे ।´ 

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयले ९७५ किलाेमिटर निर्माण भइसकेकाे तथ्यांक प्रस्तुत गरेकाे थियाे । 

यसमा यादवले साेधे, `९७५ किलाेमिटर निर्माण भएकाे भनियाे, याे सडक कति टुक्रामा छ ? सहायक सडक कति छ ? यसकाे मापदण्ड के हाे ? नेताकाे दबाब, मन्त्रीकाे दबाब, आसेपासेकाे दबाबमा कहाँ कहाँ निकालियाे बताउनुस् ।´ 

सांसद यादवले मधेश प्रदेशमा हुलाकी राजमार्गमा कति पुल बन्न बाँकी छ भनेर साेधे । `पर्सामा राष्ट्रिय निकुञ्जमा के समस्या छ, हुलाकी राजमार्ग विस्तारमा´ उनले साेधे । मधेशकाे लाइफलाइन हुलाकी राजमार्ग यथाशीघ्र बनाउनुपर्ने उनकाे भनाइ थियाे । 

हुलाकी सडकमा ठेकेदारले पनि बदमासी गरेकाे उनले जिकिर गरे । `समग्रमा याे सरकारकाे दाेष हाे, सुस्त हुनुमा´ उनले भने, `मधेशबाट मन्त्री नियुक्त भयाे भने अग्रसरता लिने, पहाडकाे बन्याे भने नलिने छ । अहिले महासेठ मन्त्री हुनुहुन्छ, पक्कै अग्रसरता लिनेछ । कहाँ कहाँ समस्या छ, स्पष्ट आओस् ।´

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय