समसामयिक :

लायन्स डिष्ट्रिक्ट ३२५ एस को दोश्रो महाधिवेशन वीरगञ्जमा हुने

बुधबार, चैत २१, २०८०

वीरगञ्ज। विश्वकै अग्रणी सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशन वीरगञ्जमा हुने भएको छ ।

National medical suchna

बुधवार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा आउँदो चैत्र २४ गते वीरगञ्जको क्लार्क रिसोर्टमा हुने महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशनका कन्भेनर लायन प्रकाश बाहेतीले जानकारी गराएका छन् ।

महाधिवेशनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाईरेक्टर लायन जि.एस. होराद्वारा हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

महाधिवेशनमा देशभरबाट ४०० जना प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनले लायन्स क्लब इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन वर्ष २०२४/२०२५ का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

डिष्ट्रिक्ट गभर्नर पदमा हेटौडाबाट लायन तासी डोल्मा तुम्बाहाम्फे, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाण्डौबाट लायन बिनय बस्नेत र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदकालागि वीरगञ्जबाट लायन रामबिहारी पाण्डे आकाँक्षी रहेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर लायन डि.एन. अग्रवालले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन सन्दिप केडिया, रिजन चेयरपर्सन लायन संजय अग्रवाल, एरिया चिफ लायन उमेश शर्मा, एरिया सेक्रेटरी लायन श्याम गुप्ता, लायन नरोत्तम पाण्डे लगायत अन्य लायन्स सदस्य र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनको सहजीकरण लायन्स क्लब इन्टरनेशनलका जोन चेयरपर्सन लायन विजय कुशवाहाले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय