बारामा स्रोत नखुलेको १३ लाख ५० हजार सहित दुईजना पक्राउ

मंगलबार, चैत २०, २०८०

बारा। स्रोत नखुलेको १३ लाख ५० हजार सहित बारा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 

National medical suchna

पक्राउ पर्नेमा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा बस्ने वर्ष ३४ को हरिकिशोर प्रसाद पटेल र बारा महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४२ को रमेश प्रसाद कुशवाहा रहेका छन। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा कलैयाबाट खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्डमा पटेलले चलाएर ल्याएको प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकल रोकी चेकजाच गर्ने क्रममा लुकाई छिपाई राखेको विभिन्न दरका नेपाली १३ लाख ५० हजार रूपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।‌

भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार भईरहेको सुचना आएपछी हामीले टोली खटाएर नियन्त्रणमा लियौं प्रवक्ता न्यौपानेले भने ।

पक्राउ परेका दुवैजना माथी थप आवश्यक अनुसनधान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय