हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ

मस्कले भने- ट्वीटरको कमाइ आधाले घट्यो

वीरगञ्ज,१ साउन। ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् ।

एक ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताउँदै भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’ उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका छन् ।

टेस्ला र स्पेसएक्स जस्ता बिख्यात कम्पनीका मालिक मस्कले ट्वीटर खरिद गरेदेखि नै ट्वीटरको स्थिति सम्हालिन सकेको छैन । उनले विज्ञापनदाता शीर्ष अधिकारीहरुलाई कम्पनीबाट हटाउने, कर्मचारी कटौती गर्ने, भेरिफाइड अकाउन्ट भनेर चिनिने निलो टिक मार्क पैसा तिरेपछि मात्रै पाउने लगायतका निर्णयहरु गरेका छन् । सुधारको नाममा उनले गरेका विभिन्न निर्णयहरु आलोचित समेत भएका छन् ।

यही बीचमा ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटा कम्पनीको थ्रेड्स आएको छ । असन्तुष्ट ट्वीटर प्रयोगकर्ताहरु थ्रेड्समा आकषिर्त भएका बेला मस्कले भने त्यसविरुद्ध कानुनी कारबाही थाल्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय