समसामयिक :

वीरगंजकाे विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतलाई सांसद यादवकाे ध्यानाकर्षण

मंगलबार, चैत २०, २०८०

वीरगंज। जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले वीरगंजकाे विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै यादवले सर्वाेच्चमा मुद्दा अड्किँदा ओद्याेगिक सहर वीरगंजकाे मुख्य सडक नै विस्तार हुन नसकेकाे बताए । वीरगन्जकाे मुख्य सडक मुद्दाका कारण केही वर्षदेखि ओझेलमा परेकाे उनकाे भनाइ छ । 

`त्रिभुवन राजपथमा पर्ने मुख्य सडक सडक ऐन २०३१ अनुसार मुख्य सडककाे मापदण्डभित्र पर्छ । सडक ऐनले नै सडककाे क्षेत्राधिकार ताेकी ऐनकाे क्षेत्राधिकार अन्तर्गत वीरगन्जकाे मुख्य सडक २५/२५ मिटर फराकिलाे पार्न सडक विभागले वीरगंजकाे गण्डक चाेकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मकाे ८ किलोमिटर मुख्य सडक विस्तारकाे कार्य २०७६ कात्तिक १७ गतेदेखि गर्नेगरी सडक विभागले प्रक्रिया अगाडि बढायाे,´ उनले भने, `तर, त्यही बेला केही स्थानीयले सर्वाेच्च अदालतमा मुद्दा दायर गर्याे । मुद्दाको छिनाेफानाे नहुँदा वीरगन्जकाे विकास नै ओझेलमा परेकाे छ ।´ 

यादवले थपे, `त्यसकारण सभामुखमार्फत सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराउन चाहन्छु कि मुद्दाको छिनाेफानाे तुरून्त गरेर वीरगंजकाे विकासकाे बाधा हटाइदिन अनुराेध गर्न चाहन्छु ।´

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय