अनलाईन ठगी :

अनलाईन मार्फत ठगी : तिनजना चिनिया नागरिक पर्सा प्रहरीद्वारा सार्वजनिक

आइतबार, चैत १८, २०८०

वीरगंज। अनलाईन चिठ्ठा तथा अनलाइन कारोबारको विभिन्न प्रकारको प्रलोभन देखाई सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

National medical suchna

पक्राउ पर्ने तिनैजना चिनिया नागरिक रहेका छन ।चाईना हुनान शहरका वर्ष ३३को लिउ गुई चाई, हुबेई शहरका वर्ष २६ का वान्ग बोहान र वर्ष ३६ को छियान्ग छियायो रहेका छन।

अनलाईन मार्फत ठगी गर्ने गिरोह यस जिल्लामा समेत सक्रिय रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बस्ने नन्दु पटेलको घरमा  हिजो शनिवार छापा मारेर विभिन्न उपकरण सहित तिनैजना चिनिया नागरिकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

प्रहरीले बरामद गरेको सामानहरुमा कम्प्युटर डेक्सटप सिपियू १ सय २० थान, मनिटर १ सय १८ थान, पासपोर्ट ३ थान, मोबाईल ३५ थान, भारतीय जियो सिम कार्ड १३ थान, ल्यापटप ४ थान,प्रिन्टर १ थान, विभिन्न बैंकहरूका एटिएम कार्ड ३ थान, कि बोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाई-फाई राउटर २ थान, मिनी ईन्भर्टर २ थान, बिआर ०१सिएक्स ५७९२ नम्बरको आई २० गाडी,

प्र.२-०३-०११ प १३६७ नम्बरको मोटरसाईकल १ थान समेत बिभिन्न देशका मुद्राहरू मलेशियन ३७ रिंगिट,नेपाली ५ सय दरका नोट ८६ पिस गरी ४३ हजार रूपैया तथा कम्बोडियन रूपैया ३ हजार ५ सय बरामद गरिएको डिएसपी थापाले जानकारी दिए।

पक्राउ परेका तिनैजना चिनिया नागरिकलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भईरहेको डिएसपी थापाले बताए। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय