समसामयिक :

गृहमन्त्री मुछिएको सहकारी ठगी प्रकरण : संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न काँग्रेसको माग

आइतबार, चैत १८, २०८०

वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेको छ ।

National medical suchna

आइतबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै समय लिएर बोल्दै काङ्ग्रेसका सांसद सञ्जय गौतमले लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रहरी प्रमुख वसन्त कुँवरले ‘क्लिन चिट’ दिएको भन्दै आपत्ति जनाए ।

उनले अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई उन्मुक्ति नदिने भन्दै अपराध गरेकोमा कारबाही हुने कुरा बताएको स्मरण गरे । सांसद गौतमले छानबिन हुनुपर्ने व्यक्ति गृहमन्त्री भएपछि कसरी निष्पक्ष छानबिन हुन्छ भन्दै प्रश्न गरे । “प्रधानमन्त्रीले न्यायाधीश जस्तो हुकुम दिने राजा/महाराज जस्तो क्लिन चिट दिने काम गर्नुभयो । प्रहरी प्रमुखले पनि फासफुस पार्ने ढङ्गबाट क्लिन चिट दिन खोज्नुभएको छ,” उनले भने ।

उनले संसदीय छानबिन समिति नबने लामिछानेको विषयमा कसरी निष्पक्ष छानबिन हुन्छ भन्दै थप प्रश्न गरे । उनले भने, “हामीले संसदीय समितिको माग गरेको छौँ । गोरखा मिडिया नेटवर्कका नाममा ८० करोडभन्दा बढी सहकारीको रकम जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा छैन । ९० हजार जनताले कसरी न्याय पाउने भयो ?”

गौतमले यो विषय गृहमन्त्रीको नैतिकतासँग जोडिने भन्दै स्वार्थ बाझिने काम भइरहेको पनि उल्लेख गरे । पूर्व अर्थमन्त्री द्वय रामशरण महत र जर्नादन शर्मा तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको उदाहरण दिँदै लामिछानेलाई नैतिकता देखाउन उनले आग्रह गरे । “समस्या नैतिकताको ठूलो प्रश्न हो । यो विषयमा सरकार गम्भीर हुनुपर्छ । हामीले उठाएका प्रश्न गम्भीर छ । प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफ ठिक भएन,” उनले भने ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय