समसामयिक :

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

शुक्रबार, चैत १६, २०८०

वीरगञ्ज । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ ।

National medical suchna

यसअघि बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ३०० मा कारोबार भएको थियो । बुधबार १ लाख २६ हजार ८ सयमा किनबेच भएको थियो ।

त्यसैगरी तेजाबी सुनमा पनि २ हजार १ सय बढेर तोलामा १ लाख २९ हजार ४ सय पुगेको छ । बिहीबार १ लाख २७ हजार ३ सय रुपैयाँ थियो । बुधबार १ लाख २६ हजार २ सय थियो ।त्यस्तै चाँदीको भाउ तोलामा १५ बढेर १ हजार ५ सय २५ पुगेको छ । बुधबार १ हजार ५ सय १० थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय