समसामयिक :

सादा पोशाकका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

बिहीबार, चैत १५, २०८०

वीरगंज। सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

National medical suchna

गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो ।

यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा (घुमुवा)को रूपमा परिचालन हुँदै आएका थिए ।

‘हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिइ निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको छ । अनलाईन खबर 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय