नेपाल प्रहरी :

प्रहरीको एसपीमा बढुवाका लागि आठजना डीएसपी सिफारिस

बिहीबार, चैत १५, २०८०

वीरगञ्ज ।  नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

National medical suchna

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले आठ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय