खेलकूद :

तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई

शनिबार, चैत १०, २०८०

वीरगन्ज। तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उपाधी साविक विजेता वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ ।

National medical suchna

शक्ति युवा क्लबको आयोजनामा शनिबार भएको प्रतियोगीताको फाईनल खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई वीरगन्ज युनाईटेड क्लब वीरगन्जले ट्राईब्रेकरमा ४ –३ गोल अन्तरले हराएर उपाधी उचालेको हो ।

परवानीपुर खेल मैदानमा भएको फाईनल खेलमा वीरगन्ज युनाईटेड क्लब वीरगन्जले हेटौडा फुटबल एकेडमी मकवानपुर माथी सुरु देखि खेलमा हाबि बन्दै अग्रता बनाएको थियो ।

खेलको पहिलो हाफको ३० औ मिनेटमा वीरगन्ज युनाईटेड क्लब वीरगन्जका खेलाडी उदीत नारायण चौधरीले पहिलो गोल गरे ।

सुरुदेखि दबादमा रहेको हैटौडा फुटबल एकेडमी मकवानपुरले खेलको मध्यान्हमा दुई खेलाडी परिवर्तन गरेको थियो ।

खेलाडी परिवर्तन पछि पनि खेलको अन्तय सम्म दबाबमा रहेको हैटौडा फुटबल एकेडमीले खेलको ८५ औ मिनेटमा गोल फर्काएर खेलमा फर्किेएको थियो ।

उतm गोल हैटौडा फुटबल एकेडमीका खेलाडी सखिल गुरुङ्गले गरेका थिए । खेलको निर्धारित ९० मिनेटको खेलमा दुबै टिम १–१ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।

ट्राईबे्रकरमा हेटौडा फुटबल एकेडमीका पाँच जना खेलाडी मध्ये दुई खेलाडी गोल गर्न नसकेपछि पराजित हुन पुगेको हो ।

यस्तै ट्राईबे्रकर मै वीरगन्ज युनाईटेड क्लबका पाँच जना खेलाडी मध्ये चार खेलाडीले गोल जालीमा हानेका थिए ।

आजको खेलमा म्यान अफ दि म्याच हेटौडा फुटबल एकेडमी मकवानपुरका सखिल गुरुङ्ग घोषित भए । उनलाई सागर राणाले नगद सहित शिल्ड प्रदान गरेका थिए ।

प्रतियोगितामा विजेता बनेको वीरगन्ज युनाईटेड क्लब वीरगन्जले नगद दुई लाख एक हजार सहित शिल्ड पाएको थिए ।

विजेता टिमलाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले नगद सहित शिल्ड प्रदान गरेका थिए ।

यस्तै उपविजेता हेटौंडा फुटबल एकेडेमी मकवानपुरले एक लाख एक हजार सहित शिल्ड पाएको थियो ।

उपविजेतालाई वडाअध्यक्ष राधाकृष्णा साह रौनीयार र समाजसेवी नागमणी उपाध्यायले नगद सहित शिल्ड प्रदान गरेका थिए ।

विद्यागत पुरस्कार तर्फ विजेता टिम नै हावि

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको विद्यागत पुरस्कारमा पनि वीरगन्ज युनाईटेड क्लब वीरगन्ज नै हावि भएको छ ।

प्रतियोगीताको म्यान आफ दि सिरिज (उत्कृष्ट खेलाडी )वीरगन्ज युनाईटेड क्लबका अमर डंगोल बने । उनलाई राप्रपाका नेता रामेश्वर महतोले नगद सहित ईलेक्ट्रिक स्कुटी प्रदान गरेका थिए ।

यस्तै उत्कृष्ट गोल किपर पनि वीरगन्ज युनाईटेड क्लबका दिलमणी चौधरी घोषित भए । उनले नगद पाँच हजार पाएका हुन ।

प्रतियोगीताको बेष्ट डिफेन्डर वीरगन्ज युनाईटेड क्लबका संजय चौधरी घोषित भएका थिए । चौधरीले नगद पाँच हजार पाएका थिए ।

यस्तै बेष्ट मिडफिल्डर वीरगन्ज युनाईटेड क्लबका खेलाडी विपिन दुम्सी मगर बने । उनले नगद पाँच हजार पाएका हुन ।

यस्तै प्रतियोगीताको हाई स्कोरर वीरगन्ज युनाईटेड क्लबका खेलाडी उदीत नारायण चौधरी बने । उनलाई युनीटी क्लबका अध्यक्ष हेमन्त चौरसीयाले नगद पाँच हजार प्रदान गरेका हुन । 

प्रतियोगीता भरीमा उत्कृष्ट प्रशिक्षकको उपाधी वीरगन्ज युनाईटेड क्लब रामकिशोर धामीले पाए । उनले नगद पाँच हजार पाएका थिए ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा खेल समापन भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय