समसामयिक :

स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने पूर्वमन्त्री यादवको भनाई

शनिबार, चैत १०, २०८०

बीरगंज । पूर्वमन्त्री प्रदिप यादवले स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् ।

National medical suchna

बीरगंज स्थित चिल्ड्रेन वल्ड माबिको बार्षिक उत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनु भएको हो ।

स्कुलका बिद्यार्थीहरुले बार्षिक उत्सवको अवसरमा प्रदर्शन गरेको क्रियाकलापबाट आफु हर्षित भएको बताउँदै जसपाका प्रमुख सचेतक समेत रहेका यादवले यसबाट अभिभावकहरु समेत खुशी भएको जिकिर गरे । 

कार्यक्रममा सरकारी तथा समुदायिक बिद्यालयको बिषयमा आफ्नो धारण राख्दै पूर्वमन्त्री यादवले समुदायिक बिद्यलायलाई सुधार गर्दै जानु पर्ने कुरामा जोड दिए ।

उनले शिक्षकहरुले राजनितिक छोडनु पर्ने  बताउँदै शिक्षकहरुले पार्टीको झण्ड बोक्ने काम बन्द गर्नु पर्ने कुरामा जोड दिए ।

अहिले पनि समुदायिक स्कुलका बिधार्थीहरु बोरामा वसेर पढी रहेको बताउदै पूर्वमन्त्री यादवले निजी बिद्यालय तथा समुदायिक बिद्यालयका बिधार्थीहरुले एक समन रुपमा शिक्षा पाउनु पर्ने कुराको संकेत गरे । 

बिद्यालयले आयोजना गरेको बार्षिक उत्सव समारोहमा स्कुलका  बिधार्थी, शिक्षिक,शिक्षिका एवं आमन्त्रित अथितीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय