खेलकूद :

तेस्रो परवानीपुर गोल्डकपको फाइनलमा वीरगंज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

बिहीबार, चैत ८, २०८०

वीरगन्ज। तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र हेटौंडा फुटबल एकेडेमी मकवानपुर भिडने भएका छन ।

National medical suchna

शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा चैत १० गते शनिबार हुने फाइनलमा वीरगन्ज युनाइटेड क्लब र हेटौंडा फुटबल एकेडेमी भिडन लागेका हुन । 

परवानीपुर खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई सडेन डेथमा १-० गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको हो । 

पहिलो सेमिफाइनलमा वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमीले निर्धारित समयमा २-२ गोलको बराबरी खेलेपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो । 

ट्राइब्रेकरमा दुबै टिमका पाँच - पाँच खेलाडी मध्ये तीन - तीन खेलाडीले गोल हान्दा दुई - दुई जनाले गोल गर्न सकेका थिएनन । 

त्यसपछि खेलको नतिजा सडेन डेथ मार्फत निकालिएको थियो । सडेन डेथमा वीरगन्ज युनाइटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई १-० गोल अन्तरले हराएको हो । 

खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका गोलकिपर दिलमणी चौधरी घोषित भए उनलाई पर्सागढी निवासी जितेन्द्र यादवले नगद २१ सय सहित शिल्ड प्रदान गरे । 

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको पहिलो सेमिफाइनल खेलमा प्रमुख अतिथि पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार थिए । 

यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरले बाग्मती फुटबल क्लबलाई २-१ गोल अन्तर हराएर फाइनल प्रवेश गरेको हो । 

खेलको पहिलो हाफको २७ औं मिनेटमा हेटौंडा फुटबल एकेडेमीका खेलाडी प्रकाश पुन पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरेर अग्रता दिलाए । 

सुरु देखि रोमाञ्चक बनेको खेलको ३६ औं मिनेटमा फेरि दिवस श्रेष्ठले आफ्नो टिमको लागि दोस्रो गोल गरे । 

गोललाई फर्काउन निकै प्रयास गरेको बाग्मती फुटबल क्लबका खेलाडीले खेल सक्नु भन्दा झन्डै दुई मिनेट अगाडि एक गोल फर्काए । 

बाग्मती फुटबल क्लबका खेलाडी कपिल मगरले आफ्नो टिमको लागि पहिलो गोल गरेका थिए । 

आजको खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमीका कप्तान प्रताप तामाङ घोषित भए । 

उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका मधेस प्रदेश कमिटीका सदस्य मोबिन आलमले नगद २ हजार १ सय सहित शिल्ड प्रदान गरे । 

शुक्रबार निजगढ महिला फुटबल क्लब र वीरगन्ज युथ महिला फुटबल टिम बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुनेछ । 

बुधबार भएको बर्षाका कारण खेल मैदानमा पानी जमेपछी स्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीबार पहिलो चरणमा र बिहीबार हुने दोस्रो सेमिफाइनल खेल दोस्रो चरणमा गराइएको थियो ।  

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए । 

प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय