सुरक्षा तथा अपराध :

कानुनको परिधि भित्र रही देखिने गरी काम गरेर देखाउछु : प्रहरी उपरीक्षक कुमोध ढुंगेल

बुधबार, चैत ७, २०८०

वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले कानून को परिधि भित्र रही देखिने गरी काम गरेर देखाउने बताएका छन।

National medical suchna

करिब एक महिना अगाडी पर्सा प्रहरी प्रमुखको 
जिम्मेवारी सम्हालेका एसपी ढुंगेलले नेपालको संविधान, कानुनअनुसार नै प्रहरीले गर्ने कामकारबाही गर्ने भएकाले सोहीअनुसार अगाडि बढ्ने बताए।

प्रहरीको ऐन–कानुनमा उल्लेख भएअनुसार प्रहरीले गर्नुपर्ने कामकारबाहीबाहेक खासै योजना नरहेको उनले बताए।

साथै उनले प्रहरीले शान्तिसुरक्षा, आपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रण गर्ने कामकारबाहीबारेमा पत्रकारहरूले सहज रूपमा सूचना पाउने बताए।

प्रहरी उपरीक्षक ढुंगेलले जिल्लामा शान्ति सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्यमा पत्रकारहरूकाे सहयोग आवश्यक रहेकोे बताए। 

नेपाल प्रहरीमा सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताए।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय