खेलकूद :

तेस्रो परवानीपुर गोल्डकप : बागमती फुटबल क्लब सेमिफाइनलमा

मंगलबार, चैत ६, २०८०

वीरगन्ज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही  बिजयी भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले २-० गोल अन्तरले हराएको हो । 

परवानीपुर खेल मैदानमा भइरहेकोे खेलको पहिलो हाफको २३ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए । 

मगरले गरेको गोल फर्काउन निरन्तर प्रयास गरेपनि हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडी सकेनन् । 
  
एक गोलले अग्रता बनाएको बाग्मती फुटबल क्लब सर्लाहीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । 

खेलको ६१ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर १८ का खेलाडी सुदिप मगरले दोस्रो गोल गरे ।

बाग्मतीका खेलाडी कपिल र सुदिपले गरेकै गोल नै अन्तिम सम्म बाग्मती फुटबल क्लब सर्लाहीको लागि निर्णायक रहयो । 

बाग्मती फुटबल क्लब सर्लाहीका खेलाडीले गरेको गोल हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन । 

आजको खेलमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले म्यान अफ दि म्याचको पुरस्कार पाए । 

उनलाई परवानीपुर गाउँपालिका - ३ लिपनीमाल निवासी युवा राजेश सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे  ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमी प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए । 

यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए । 

अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी थिए । 

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक यादवले बताए । 

प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए । 

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका सहसंयोजक दिपक यादवको अध्यक्ष्तामा भएको खेलमा
प्रमुख अतिथि जसपा मधेस प्रदेशका सदस्य ओम प्रकाश बैठा थिए । 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय