समसामयिक :

भूमिहीन १५७ जनालाई लालपुर्जा दिने राष्ट्रीय भुमि आयोग पर्साको तयारी

आइतबार, चैत ४, २०८०

वीरगञ्ज । राष्ट्रिय भूमि आयोगले पर्सामा ६ हजार ८८९  जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सूचीकृत गरेको छ ।

National medical suchna

भूमि आयोग पर्साले आइतवार पत्रकार सम्मेलन गर्दै हालसम्मको कार्यप्रगतीका बारेमा जानकारी गराएको हो ।

जसअनुसार पर्साका विभिन्न स्थानीय तहमा गरी १३ सय ६३ जना भूमिहीन दलित, २५ सय ७७ जना भूमीहीन सुकुम्वासी र २९ सय ४९ जना अव्यवस्थित बसोबासी रहेका छन् । 

आयोगका पर्सा अध्यक्ष तबरेज अहमदका अनुुसार पर्सा जिल्लाको ठोरी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, बहुदरमाइ नगरपालिका र वीरगञ्ज महानगरपालिकामा बढी भूमीहीनको समस्या देखिएको छ ।

ठोरीमा भूमिहीन दलित २६ जना, भूमीहीम सुकुम्वासी १७ सय ४० जना र अव्यवस्थित बसोबासी १९ सय ६ जना सूचीकृत भएको अध्यक्ष अहमदले जानकारी दिए । 

यसैगरी पर्सागढीमा भूमिहीन दलितको संख्या ७ सय ७२, भूमीहीम सुकुम्वासी ३ सय ५७ र अव्यवस्थित बसोबासी ५ सय ५४ जना रहेका छन् ।

सबैभन्दा कम भूमीहीनको समस्या भने वीरगञ्ज महानगरपालिकामा देखिएको छ । 

आयोगका पर्सा अध्यक्ष अहमदकाअनुसार ५ वटा स्थानीय तह बाहेक अन्य ९ वटा स्थानीय तहमा लगत संकलनको काम भइरहेको छ । 

पर्सा जिल्लाबाट सूचीकृत भएका ६ हजार ८८९  जना मध्ये पहिलो चरणमा १५७ जनाले लालपुर्जा प्राप्त गर्ने भएका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्साले १५७ जना परिवारलाई जग्गाको लालपुर्जा वितरण गर्ने तयारी गरेको अध्यक्ष अहमदले बताए ।

उनकाअनुसार बैशाखमा लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ । पर्सागढी नगरपालिकामा १५७ जनालाई लालपुर्जा दिन लागिएको अहमदको भनाई छ । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय