समसामयिक :

नारायणी रंगशालाको पुनर्निर्माण गर्न सांसद यादवको माग, खेलकुदमन्त्रीको ध्यानाकर्षण

बिहीबार, चैत १, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदिप यादवले वीरगंजको नारायणी रंगशाला पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । 

National medical suchna

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्त्रिमण्डल पुनर्गठन भएर नयाँ अर्थमन्त्री र युवा खेलकुद मन्त्री आएको भन्दै मधेश प्रदेशको गौरवको रुपमा रहेको ऐतिहासिक नारायणी रंगशाला पुनर्निर्माण अगाडि बढाउन माग गरेका हुन् । 

दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण गर्ने भनेर चार वर्ष अगाडि डिपीआर बनेको र दुई वर्षसम्म आंशिक रुपमा काम भए पनि बजेट अभावले रोकिएको उल्लेख गर्दै यादवले बाँकी काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । 

‘केही वर्षअगाडि राष्टिय खेलकुद परिषद्ले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो ।

सरकारले सात करोड रुपैयाँ विनियोजन गरेको थियो । टेण्डर पनि आह्वान गर्यो, तर हात्तीको मुखमा जिरा ।

चारवर्ष अगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ,’ उनले भने । 

काठमाडौंको दशरथ रंगशालासँगै स्थापना भएको नारायणी रंगशाला पुनर्निर्माणको पर्खाइमा खण्डहर बन्दा खेलहरु हुन छाडेको उनको भनाइ थियो ।

‘काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ विगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबललगायत खेल हुन्छ ।

तर, अहिले खण्डहर बनेको कारणले खेलहरु सुकेको छ । क्रिकेट हुन्छ तर, फुटबल खेल हुँदैन,’ उनले भने । 

यादवले रंगशालाको पुनर्निमाण गरेर क्षेत्रीय स्तरको बनाउन माग गरे । ‘अरु रंगशालामा सरकारको ध्यान छ । तर वीरगंजमा ध्यान पुग्न सकेको छैन ।

अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । रंगशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष २ अर्ब निकासा गर्ने विश्वास छ,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय