समसामयिक :

सेस्मी इन्टरनेशनल स्कुलको राईजिङ्ग स्टार कार्यक्रम सम्पन्न

आइतबार, फागुन २७, २०८०

वीरगञ्ज । सेस्मी इन्टरनेशनल स्कुलद्वारा आयोजित राईजिङ्ग स्टार कार्यक्रम आज एक समारोहका बिच सम्पन्न भएको छ ।

National medical suchna

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेपाली कांग्रेसकी नेतृ बरिष्ठ समाजसेवी रम्भा मिश्रले वीरगंजको शैक्षिक क्षेत्रमा सेस्मी इन्टरनेशनल स्कुलले छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै विद्यालयले आगामी दिनहरुमा पनि विद्यार्थीहरुको व्यक्तित्व विकास एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो ।

सो अवसरमा विद्यालयमा अध्ययनरत प्रि–नर्सरीदेखि कक्षा ३ का छात्रछात्राहरुले आ–आफ्नो प्रतिभा लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

विद्यालयकी प्रधानाध्यापक आश्मा सिंह यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनप्याबसन वीरगञ्जका नगर अध्यक्ष जियालाल गुप्ता, सचिव शेष अजहर, सशस्त्र प्रहरी बिओपि प्रगतिनगरका सशस्त्र प्रहरी निरिक्षक प्रविन दत्त,

फिजियिन डा.प्रशान्त शाह, कान्तिपुर सेभिङ्ग एण्ड कोअपरेटिभकी शाखा प्रमुख ईन्दु रन्जितकार, पत्रकार प्रणय साह, स्थानिय समाजसेवी, कृष्णा पण्डित, फिरोज बादशाह लगायत अभिभावक एवं विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयकी शिक्षिका ममता प्रिया जयसवालले स्वागत मन्तब्य दिनु भएको थियो भने निर्देशक मनोज यादवले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयको कक्षा ७ मा अध्ययनरत समिक्षा कर्ण र सुनिता पटेलले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय