समसामयिक :

महाशिवरात्रिको अवसरमा बिन्दबासिनीमा कुस्ती प्रतियोगिता सुरु

शुक्रबार, फागुन २५, २०८०

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं २ बहुअर्वा भाठ्ठामा महाशिवरात्रिको अवसरमा आजदेखि २ दिने विराट कुस्ती खेल प्रतियोगिता सुरु भएको छ ।

National medical suchna

प्रतियोगिताको एक समारोहकाबीच बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले महाशिवरात्रिको अवशरमा लाग्ने दुई मेला लगायत विराट कुस्तीको उद्घाटन गरे ।

उनले मधेसमा पहिले धेरै लोकप्रिय रहेका कुस्ती खेल हालका दिनमा कम खेलेपनी स्थानीय युवा र अगुवाले चासो लिएपछि बिस्तारै लोकप्रियता बढदै गएको धारणा राखे ।

खेलाडीको संरक्षण गर्न सरकारले ध्यान दिनुपर्ने धारणा राख्दै आजका युवा भोलिका कर्णधारलाई कुलतबाट जोगाउने सशक्त माध्यम खेलकुद हो भन्ने जिम्मेवार निकायले बुझनुपर्ने धारणा समेत राखेका छन ।

लोपोन्मुख कुस्ती खेल र पहलवानको संरक्षण सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले, ‘राज्यको उदासिनताका कारण कुस्ती लोप हुन लागेकोमा चिन्तासमेत व्यक्त गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष तिवारीको प्रमुख आतिथ्य एवं मेला समितिका अध्यक्ष सञ्जय चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष ज्योती चौरसिया , प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , वडा अध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी , मोहन राउत अहिर लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय