समसामयिक :

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एम्नेष्टीद्वारा ४ जना महिला स्वास्थ्यकर्मी सम्मानित

शुक्रबार, फागुन २५, २०८०

वीरगञ्ज । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १६ ले ४ जना महिला स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।

National medical suchna

वीरगञ्जस्थित नारायणी अस्पतालका ३ जना चिकित्सक र एक जना वरिष्ठ नर्सलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

“महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ मनाइँदै गरेको ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरगञ्जका ४ महिला सम्मानित भएका हुन् । 

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १६ का अध्यक्ष प्रकाश बाहेतीको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.दिप्ती यादव, डा.प्रीती यादव र डा.अस्मिता उपाध्याय एवं नर्सिङ प्रमुख हेमा थापालाई दोसल्ला ओढाइ सम्मानपत्र मार्फत सम्मान गरिएको एमनेष्टी इन्टरनेशनल नेपाल समूह १६ का अध्यक्ष प्रकाश बाहेतीेले जानकारी गराएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानीत हुने चारै जनाले यो सम्मानले अझै जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका थिए । आफ्नो कामप्रति अझै लगनशील भएर लाग्ने ऊर्जा थपिएको उनीहरूको भनाई थियो । 

दिवसकै अवसरमा नारायणी अस्पतालका बिरामी तथा कुरुवाहरुलाई फलफूल र जुस पनि वितरण गरिएको समूह १६ का वरिष्ठ सचिव रजनीश झाले जानकारी बताए ।

एमनेष्टी इन्टरनेशनल नेपाल समूह १६ का सन्नी पाख्रिनले सहजीकरण गरेको कार्यक्रममा समूहका कोषाध्यक्ष कमलेश अग्रवाल, कार्यकारिणी सदस्यहरु विजय गुप्ता, सुनिल महतो, विशाल झा, शम्भु घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २२:४६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय