सफाइ र व्यवस्थित पार्किङमा अटेर गर्नेलाई जरिवाना समेत गरिने

महानगरले आज देखी सुरु गर्‍यो नारायणी अस्पतालको सरसफाई

अभियान नै चलाएर वीरगञ्जलाई सफा र स्वच्छ बनाउने कार्यलाई तीव्रता

वीरगञ्ज, सावन १ । नारायणी अस्पताल बीरगन्जको सरसफाइ सोमबारदेखि  वीरगञ्ज महानगरपालिका कार्यालयले सुरु गरेको छ ।

National medical suchna

साउन १ गतेदेखि अस्पतालमा गरिने सरसफाइ सम्बन्धी कार्य महानगरपालिकाले गर्ने अस्पताल प्रशासन र वीरगञ्ज महानगरपालिका कार्यालय बिच सम्झौता अनुसार आज देखि बीरगन्ज महानगर पालिकाले सरसफाइ गर्न सुरु गरेको हो ।

नगरप्रमुख राजेशमान सिंहले सरसफाइको अनुगमन गर्नु हुँदै बीरगन्जको नारायणी अस्पतालको सरसफाइ आज देखि महानगर पालिकाले सुरु गरेको र अस्पताल परिसर सफा स्वच्छ राख्न सबै सेवाग्राहीलाई अपिल गर्नु भएको छ । सफाइ र व्यवस्थित पार्किङ मा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताए । 

मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरञ्जन साहले बीरगन्ज महानगर पालिकाले अस्पतालको सरसफाइमा औपचारिक रुपमै सघाएकोमा मेयर सिंहलाई धन्यवाद दिनु हुँदै अब सरसफाइमा लापरबाही गर्ने जोकोही सित पनि सम्झौता नगरिने बताउनु भयो । अस्पतालको गुणस्तरीय सेवामा अगामी दिन पनि साथ र सहयोग पाउने आपेक्षा लिएको मे.सु साहले बताए 

सम्झौता अनुसार साउन १ गतेदेखि एक वर्षका लागि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पूर्ण सरसफाइ वीरगञ्ज महानगरपालिकाले गर्ने छ । बाहिर क्षेत्रअन्तर्गत शौचालय, बरन्डा, भर्‍याङ, अस्पताल परिसर तथा प्रशासनिक भवन पर्ने सम्झौता पत्रमा उल्लेख छ । अस्पतालको शल्यक्रिया कक्ष र वार्ड भित्रको सरसफाइ तथा फोहर व्यवस्थापन अस्पताल आफैले गर्नुपर्ने हुन्छ ।

सरसफाइ गर्नका लागि महानगरपालिकाले अस्पतालसँग कुनै शुल्क लिने छैन भने सरसफाइका लागि वीरगञ्ज महानगरपालिकाबाट खटिने सरसफाइकर्मी र नारायणी अस्पतालमा कार्यरत सम्पूर्ण सरसफाइकर्मीको अनुगमन, नियन्त्रण र हाजिरी प्रमाणित वीरगञ्ज महानगरपालिकाले गर्नेछ ।
 
अस्पतालमा हुने सरसफाइका लागि महानगरपालिका कार्यालयले एक जना नाइकेको नेतृत्वमा ९ जना सरसफाइकर्मी परिचालन गर्ने महानगरको सरसफाइ व्यवस्थापन शाखाको प्रमुख सर्फुदिन मियाँले जानकारी दिए । अस्पताल परिसरमा जथाभाबी फोहर गर्ने उपर वीरगञ्ज महानगरपालिकाको फोहर मैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिवाना तथा कारबाही समेत गर्ने सम्झौतामा उल्लेख रहेको मियाँले बताए ।

गत वर्ष महानगरको नेतृत्व सँभालेदेखि मेयर सिंहले सरसफाइलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् । उनले अभियान नै चलाएर वीरगञ्जलाई सफा र स्वच्छ बनाउने कार्यलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय