आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू, ग्यासको मूल्य १० रुपैयाँ घट्ने

वीरगञ्ज, ३१ असार । नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

National medical suchna

यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं बाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले भने, ‘स्वचालित मूल्य प्रणली लागू भएपछि परल मुल्य बढ्दा बिक्री मूल्य पनि बढ्छ ।’

निगमका अनुसार यसपटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मुख्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मटिटतेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रुपैयाँ घट्नेछ ।

अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्रि मधेशमा १६३ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्रि मधेसमा १४५ रुपैयाँ पर्नेछ ।

एलपी ग्यासको मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ । हवाइ इन्धनको मुल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने नियमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय