खेलकूद :

एनआई कप : ज्ञानदालाई फराकिलो अन्तरले हराउँदै एनआई कलेज विजयी

मंगलबार, माघ २, २०८०

वीरगञ्ज । नेशनल ईन्फोटेक (एनआई) कपअन्र्तगत आजको खेलमा नेशनल ईन्फोटेक विजयी भएको छ ।

टस जितेर ब्याटिंग गरेको नेशनल इन्फोटेकले ज्ञानदा एकेडेमीलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रनको विशाल योगफल तयार गरेको थियो । जसका लागि २ जनाले अर्धशतक कटाए ।

राहुल महतोले ११ चौका प्रहार गर्दै ६१ ब्लमा ६५ रन बनाए । त्यस्तै सफवन अलीले ३५ बलमा २ छक्का र ८ चौकाको मद्धतमा ६४ रन बनाए ।

राहुल हकले १८ बलमा १९ रन जोडे । ज्ञानदा एकेडेमीका फैजाल अजाम र प्रवेज आलमले १/१ विकेट लिए ।  

१७२ रनको विशाल लक्ष्य पछ्याएको ज्ञानदा एकेडेमीले १६.३ ओभरमै सबै विकेट गुमायो । ज्ञानदा एकेडेमी ६४ रनमै समेटियो ।

ज्ञानदाका लागि धिरज पटेलले १२ रन जोडे भने सुमित कुमार पटेलले ११ रन बनाए ।
 
बलिङ्तर्फ नेशनल इन्फोटेकका सलमान मन्सुरीले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए ।

अशबाबले ४ ओभरमा १ मेडअन ओभर बनाउँदै ५ रन खर्चिएर २ विकेट लिए भने अर्वाज हुसैनले २.३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए । 

प्रतियोगीतामा नेशनल इन्फोटेकका सफवान अली प्लेयर अफ दी म्याच घोषित भएको नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । 

यसअघि आजै भएको पहिलो खेलमा वीरगञ्ज कलेजलाई हराउँदै हेटौडा स्कुल बिजयी भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय