समसामयिक :

चिसो बढेपछि वीरगंज महानगरद्वारा थप तीन दिनका लागि विधालय बन्द

सोमबार, माघ १, २०८०

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विद्यालयहरु थप तीन दिनका लागि बन्द गरिएको छ ।

National medical suchna

तराई-मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएको छ।

हुस्सु लाग्नुका साथै शीतलहरपनि चल्न थालेपछि खासगरी बृद्धबृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुलाइ बढी सास्ती भएको छ ।

चिसो बढेपछि विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएपछि वीरगञ्ज महानगरपालिकाले यसअघि पुष २३ देखि पुष २९ गतेसम्म महानगरका सम्पूर्ण विद्यालयहरु बन्द गरेको थियो ।

सोमबार माघ १ गते सार्वजनिक विदापछि माघ २ गतेदेखि पठनपाठन सुचारु हुने भनिएपनि चिसो झन् बढ्नुका साथै शीतलहरपनि चल्न थालेपछि महानगरपालिकाले माघ २ गते मंगलबारदेखि माघ ४ गते बिहीबारसम्म थप तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको महानगरको शिक्षा समितिका संयोजक इश्वरचन्द्र यादवले जानकारी दिए।

माघ ५ गते मधेस प्रदेशमा बलिदानी दिवसको सार्वजनिक विदा दिइएको र माघ ६ गते शनिबार परेकाले अब महानगरका विद्यालयहरु माघ ७ गतेदेखिमात्रै नियमित रुपमा सञ्चालनमा आउने यादवले बताए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय